नियम १६
प्राड विवाक वा प्राड अधिकृतको काम, कर्तव्य र अधिकार
(१) नियम १५ बमोजिम खटिएको प्राड विवाक वा प्राड अधिकृतले कानून र न्यायको विषयमा सैनिक अदालतको अध्यक्ष एवं सदस्यहरूलाई जानकारी गराउनेछ ।
(२) नियम १५ बमोजिम खटिएको प्राड विवाक वा प्राड अधिकृतले सैनिक अदालतको प्रशासकीय अधिकृतको रूपमा समेत काम गर्नेछ ।